काठमाडौं, २६ वैशाख । अर्थमन्त्री स्वर्णिम वाग्लेले उद्योगी व्यवसायीलाई धरपकड गर्ने सूची सरकारले बनाएको भन्ने हल्लामा कुनै सत्यता नभएको बताएका छन् ।
काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले निजी क्षेत्र सरकारको साझेदार भएकाले अफवाहको पछि नलाग्न आग्रह गरे । उनले सरकारले १०० बिलियन डलरको अर्थतन्त्र बनाउने लक्ष्य लिएको र त्यसमा निजी क्षेत्रको महत्वपूर्ण भूमिका रहने बताए ।
सरकारका प्राथमिकतामा सुशासन, अर्थतन्त्रको पुनरुत्थान, आन्तरिक तथा बाह्य कनेक्टिभिटी, सामाजिक लगानी र पर्यटन–संस्कृतिमार्फत सौम्य शक्ति विस्तार रहेको पनि उनले स्पष्ट पारे ।
अर्थमन्त्री वाग्लेले आगामी बजेटपछि अर्थतन्ज्ञत्र सुधारको स्पष्ट संकेत देखिने दाबी गर्दै भारतको आर्थिक प्रगतिलाई उदाहरणका रूपमा प्रस्तुत गरे ।
उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सत्तामा आउँदाको भारत र अहिलेको नेपालको आर्थिक सूचक केही हदसम्म समान रहेको उल्लेख गर्दै नेपाल पनि आर्थिक फड्को मार्ने चरणमा रहेको बताए ।














