काठमाडौँ, २६ वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टी -रास्वपा)ले बजेट अधिवेशनलाई प्रभावकारी बनाउने उद्देश्यले आजदेखि जनप्रतिनिधिहरूका लागि दोस्रो चरणको प्रशिक्षण सुरु गरेको छ ।
सहमहामन्त्री विपिन कुमार आचार्यका अनुसार प्रशिक्षण आज र भोलि सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा सञ्चालन हुनेछ । यसअघि चैत ३ र ४ गते ललितपुरको ग्वार्कोमा आवासीय प्रशिक्षण आयोजना गरिएको थियो ।
रास्वपाले आफ्ना अधिकांश प्रतिनिधि राजनीतिक, संवैधानिक तथा कानुनी विषयमा नयाँ भएकाले यस्तो प्रशिक्षण उपयोगी हुने जनाएको छ ।














