काठमाडौं, २५ वैशाख । प्रस्तावित प्रधानन्यायाधीश डा. मनोज शर्माको संसदीय सुनुवाइ प्रक्रिया आजबाट सुरु हुने भएका छन् ।
यसका लागि शुक्रबार दिउँसो सिंहदरबारस्थित राज्य व्यवस्था तथा सुशासन समितिको कार्यकक्षमा बैठक बोलाइएको छ ।
बैठकले शर्माको सुनुवाइ प्रक्रिया अघि बढाउने कार्यसूची तय गरेको छ । संवैधानिक परिषद्को बिहीबार बसेको बैठकले शर्मालाई प्रधानन्यायाधीश पदका लागि सिफारिस गरेको थियो ।
तर सिफारिस भएका ६ जनामध्ये चौथो वरीयतामा रहेका शर्मालाई अघि सारिएको भन्दै आलोचना पनि भइरहेको छ ।














