काठमाडौं, २५ वैशाख । नेपालको परराष्ट्र मन्त्रालयले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रसँग सम्बन्धित सीमा समस्या कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल सरकार प्रतिबद्ध रहेको जनाएका छन् ।
शुक्रबार आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले लिपुलेकबारे नेपालको धारणा स्पष्ट र अडिग रहेको बताए ।उनले १८१६ को सुगौली सन्धि अनुसार महाकाली नदीपूर्वका लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भूभाग भएको उल्लेख गरे ।
प्रवक्ता क्षेत्रीका अनुसार नेपालले आफ्नो अडान भारत र चीन दुवैलाई कूटनीतिक माध्यमबाट जानकारी गराइसकेको छ । ऐतिहासिक सन्धि, नक्सा र प्रमाणका आधारमा सीमा विवाद समाधान गर्न नेपाल सधैं प्रतिबद्ध रहेको पनि उनले जनाए ।














