काठमाडौं, २४ बैशाख । नेपालमा सुकुमवासी समस्या केवल सरकारको होइन, समग्र समाजकै साझा चुनौती बनेको छ ।
सात दशकदेखि भूमिहीनता र विस्थापनको समस्या बढ्दै जाँदा लाखौँ परिवार प्रभावित भएका छन् । हाल काठमाडौं उपत्यकाका नदी किनारका जोखिमपूर्ण बस्ती हटाउने अभियान चलिरहेका बेला धेरै परिवार खुला आकाशमुनि बस्न बाध्य भएको छ ।
वृद्धवृद्धा, बालबालिका, गर्भवती महिला तथा अपांगता भएका व्यक्तिहरू सबैभन्दा बढी प्रभावित बनेका छन् । मनसुन नजिकिँदै गर्दा विस्थापित परिवारलाई सुरक्षित आवास, आधारभूत सेवा र मानवीय सहयोग उपलब्ध गराउन सरकारसँगै नागरिक समाज र निजी क्षेत्रले पनि जिम्मेवारी लिनुपर्ने आवश्यकता देखिएको छ ।














