एजेन्सी । अमेरिकी राष्ट्रपति डोलान्ड ट्रम्पले इरानसँगको युद्ध छिट्टै समाप्त हुने बताएका छन् ।
जर्जियाको गभर्नर पदका रिपब्लिकन उम्मेदवारको समर्थनमा आयोजित कार्यक्रममा उनले होर्मुज स्ट्रेट र इरानको परमाणु कार्यक्रमबारे सम्झौताको प्रयास भइरहेको जानकारी दिए ।
सीएनएनका अनुसार इरानले अमेरिकी प्रस्तावबारे आफ्नो धारणा बिहीबार मध्यस्थकर्तामार्फत दिने तयारी गरेको छ।
इरानका विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बकाईले अमेरिकी प्रस्तावबारे पाकिस्तानी मध्यस्थकर्तासँग छलफल हुने बताएका छन् । अमेरिका र इरान दुवै युद्ध अन्त्यका लागि सम्झौतामुखी वार्तातर्फ अघि बढिरहेको बताइएको छ ।














