काठमाडौँ, २४ वैशाख । सर्वोच्च अदालतको प्रधानन्यायाधीश नियुक्ति सिफारिसबारे निर्णय गर्न संवैधानिक परिषद्को बैठक आज बस्दैछ ।
प्रधानमन्त्री तथा संवैधानिक परिषद्का अध्यक्ष वालेन शाहको निर्देशनमा बैठक अपराह्न ५ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बोलाइएको हो ।
बैठकको मुख्य एजेन्डा प्रधानन्यायाधीश नियुक्तिको सिफारिस रहेको छ । बैठकमा सभामुख डोल प्रसािद आर्याल राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद आर्याल, कानूनमन्त्री सोबिता गौतम, विपक्षी दलका नेता भीष्मराज आङ्देम्बे तथा उपसभामुख रुबि कुमारी ठाकुर सहभागी हुनेछन् ।














