काठमाडौं, २३ वैशाख । नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले सातै प्रदेशमा प्रदेश तथा स्थानीय तह केन्द्रित भेला आयोजना गर्ने भएको छ ।
पार्टी उपसभापति तथा प्रतिष्ठान प्रमुख विश्वप्रकाश शर्माका अनुसार भेला वैशाख २६ गते धनगढीबाट सुरु भई जेठ १५ गते रुपन्देहीमा समापन हुनेछ ।
तालिकाअनुसार विभिन्न प्रदेशका प्रमुख सहरहरूमा चरणबद्ध रूपमा भेला सञ्चालन गरिनेछ ।














