काठमाडौं, २३ वैशाख । काठमाडौंको ढुंगेअड्डामा भएको सवारी दुर्घटनामा एक मोटरसाइकल चालकको ज्यान गएका छन् ।
बा.प्र ०२–०३६ प ०९६६ नम्बरको मोटरसाइकलका चालक कीर्तिपुर–४ का ३० वर्षीय विशाल धामी गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि शहीद मेमोरियल अस्पताल, कलंकी लगिएकोमा मंगलबार राति मृत्यु भएको प्रहरीले जनाए ।
प्रहरीका अनुसार ना२क ३६७ नम्बरको गाडीले ठक्कर दिँदा मोटरसाइकल अनियन्त्रित भई अर्को मोटरसाइकलमा समेत ठोक्किएको थियो । घटनामा संलग्न गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।














