रुपन्देही, २३ वैशाख । रुपन्देहीको भैरहवास्थित रोयल कालिङ्गा क्यासिनोमा प्रहरीले मध्यराति छापा मार्दा म्यानेजरसहित १९ नेपाली पक्राउ परेका छन् ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नजिकैको होटलमा सञ्चालित क्यासिनोमा नेपाली नागरिकले गैरकानुनी रूपमा जुवा खेलिरहेको सूचनाका आधारमा संयुक्त प्रहरी टोलीले कारबाही गरेको हो ।
प्रहरीले ४ जनालाई जुवा खेलाउने र १५ जनालाई खेल्ने क्रममा नियन्त्रणमा लिएको जनाएको छ । उनीहरूको साथबाट ९५ हजार ५ सय रुपैयाँ नगद, १७ मोबाइल र २०० क्यासिनो क्वाइन बरामद गरिएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














