काठमाडौँ, २२ वैशाख । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गतका विभिन्न प्रतिष्ठान, समिति र बोर्डमा रहेका १९३ पदाधिकारी पदमुक्त भएका छन् ।
सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धमा विशेष व्यवस्था गर्न बनेको अध्यादेश, २०८३ अनुसार उनीहरूलाई अध्यादेश जारी भएकै दिनदेखि पदमुक्त गरिएको हो ।
मन्त्रालयले पदमुक्त भएका व्यक्तिहरूलाई जानकारी दिने पत्र पठाउने प्रक्रिया सुरु गरेको जनाएको छ ।
पदमुक्त हुनेमा न्याम्स, पाटन, बीपी कोइराला र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानसहित स्वास्थ्य बिमा बोर्ड, नेपाल स्वास्थ्य अनुसन्धान परिषद्, मेडिकल काउन्सिल लगायतका निकायका पदाधिकारी रहेका छन् ।














