काठमाडौं, २२ वैशाख । राष्ट्रिय खेलकुद परिषद् -राखेप) का १९ जना पदाधिकारी पदमुक्त भएका छन् ।
सरकारले सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी अध्यादेश लागू गरेपछि मन्त्रिपरिषद्बाट नियुक्त ती पदाधिकारीहरू वैशाख १९ गतेदेखि स्वतः पदमुक्त भएको युवा तथा खेलकुद मन्त्रालयले जनाएको छ ।














