काठमाडौं, २२ वैशाख । रामचन्द्र पौडेलले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारी गरेका छन् ।
यसअघि सरकारले सिफारिस गरेका आठमध्ये सात अध्यादेश जारी भए पनि उक्त अध्यादेश भने पुनर्विचारका लागि फिर्ता गरिएको थियो ।
मन्त्रिपरिषद्ले पुनः जस्ताकोतस्तै सिफारिस गरेपछि राष्ट्रपति पौडेलले अध्यादेश जारी गरेका हुन् ।














