काठमाडौँ, २१ वैशाख । सर्वोच्च अदालतले व्यवसायी शेखर गोल्छालाई धरौटी वा जमानतमा रिहा गर्न आदेश दिएको छ ।
पत्नी सीमा गोल्छाले दायर गरेको बन्दीप्रत्यक्षीकरण निवेदनमाथि सुनुवाइ गर्दै अदालतले धरौटी वा जमानत सम्भव हुँदाहुँदै थुनामा राख्ने प्रक्रिया गलत भएको ठहर गरेको हो ।
न्यायाधीश महेश शर्मा पौडेल र श्रीकान्त पौडेलको इजलासले उक्त प्रक्रिया खारेज गर्दै, धरौटी वा जमानत नहुँदा मात्र थुनामा राख्न मिल्ने स्पष्ट पारेको छ ।
गोल्छा ११ वैशाखमा नेपाल धितोपत्र बोर्डको प्रतिवेदनका आधारमा केन्द्रीय अनुसन्धान ब्यूरोद्वारा पक्राउ परेका थिए ।













