काठमाडौँ, २१ वैशाख । काठमाडौँ उपत्यकामा बागमती तथा सहायक नदी किनारका अवैध संरचना हटाएपछि १,८१६ सुकुमबासी परिवार सरकारको सम्पर्कमा आएका छन् ।
तीमध्ये कुल ७,७८९ जना नागरिक रहेका छन् । सरकारले व्यवस्थापनका लागि बनाएका विभिन्न होल्डिङ सेन्टरमा ७९४ जनालाई मात्रै राखिएको छ भने बाँकी अधिकांशले आफैं बसोवासको व्यवस्था गर्ने भन्दै बाहिरिएका छन् ।
हाल कीर्तिपुर, नयाँ बसपार्क, माछापोखरी, भक्तपुर र बोडे क्षेत्रमा अस्थायी बसोबास केन्द्र सञ्चालनमा छन् ।














