काठमाडौं, २० वैशाख । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको सिफारिसमा ८ मध्ये ७ वटा अध्यादेश जारी गरेका छन् भने एउटा अध्यादेश पुनर्विचारका लागि प्रधानमन्त्री कार्यालयमा फिर्ता पठाएका छन् ।
संविधानको धारा ११४ अनुसार पछिल्ला ४ दिनमा विभिन्न क्षेत्रसँग सम्बन्धित अध्यादेश जारी गरिएको हो ।
जारी भएका अध्यादेशमा सार्वजनिक खरिद, सहकारी, सम्पत्ति शुद्धीकरण, स्वास्थ्य विज्ञान प्रतिष्ठान, सार्वजनिक पदाधिकारीको पदमुक्ति, विश्वविद्यालय तथा अन्य कानुन संशोधन सम्बन्धी विषय समेटिएका छन् ।
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश भने पुनर्विचारका लागि फिर्ता गरिएको छ, जसबारे राष्ट्रपतिले संविधानविद्हरसँग परामर्शसमेत गरेका थिए ।














