एजेन्सी । इजरायली सेनाले दक्षिणी लेबनन का ११ सहर तथा गाउँका बासिन्दालाई तत्काल घर खाली गरी कम्तीमा १००० मिटर टाढा सर्न आदेश दिएको छ ।
हेजबुल्लाह विरुद्ध आक्रमण गर्ने तयारीसँगै यस्तो चेतावनी दिइएको हो । इजरायलले हवाई आक्रमण र भूमि कब्जा जारी राखेको छ भने हेजबुल्लाहले पनि उत्तरी इजरायलमा ड्रोन तथा मिसाइल आक्रमण गरिरहेको जनाएको छ ।














