काठमाडौँ, २० वैशाख । काठमाडौँको माइतीघर मण्डलामा दलित समुदायले आन्दोलन गर्दै बालेन्द्र शाह प्रति असन्तुष्टि जनाएका छन् ।
श्रीकृष्ण विश्वकर्मा को प्रहरी चौकीमा शंकास्पद मृत्युको निष्पक्ष छानबिन र न्यायको माग गर्दै उनीहरूले प्रदर्शन गरेका हुन् । प्रधानमन्त्रीसँग भेट नपाएपछि सडक आन्दोलन गर्न बाध्य भएको उनीहरूको भनाइ छ ।
दलित नेताहरूले सरकारी छानबिन समितिप्रति अविश्वास व्यक्त गर्दै स्वतन्त्र छानबिन र कानुनी प्रक्रिया अघि बढाउन माग गरेका छन् ।














