काठमाडौं, २० वैशाख । काठमाडौंमा बसेको सचिवालय बैठकले राष्ट्रिय स्वतन्त्र पार्टी -रास्वपा- ले आगामी स्थानीय तह निर्वाचनका लागि उम्मेदवार बन्न क्यान्डिडेट क्लब र लिडरसिप एकेडेमीबाट अनिवार्य रूपमा उत्तीर्ण हुनुपर्ने निर्णय गरेको छ ।
प्रवक्ता मनिष झा अनुसार उम्मेदवारको भीड व्यवस्थापन र योग्य छनोटका लागि यस्तो व्यवस्था गरिएको हो । उम्मेदवार छनोटका लागि समिति गठन भइसकेको छ भने पार्टीले आगामी निर्वाचन लक्षित तयारी पनि सुरु गरेको जनाएको छ ।
यी हुन् क्यान्डिडेट क्लबका सदस्यहरू
१. विपिन कुमार आचार्य (सह-महामन्त्री) संयोजक ९८५१२४८०६३
२. रामकुमार (आरके) ढुंगाना (केन्द्रीय सदस्य) सचिव ९८५१०१२८७५
३. समिक्षा बास्कोटा (केन्द्रीय सदस्य) सदस्य ९८५१०६७५०८
४. केपी खनाल (केन्द्रीय सदस्य) सदस्य ९८५१०१९८०२
५. कामिनी चौधरी (केन्द्रीय सदस्य) सदस्य ९८५१३२९६२१
६. रामकृष्ण भट्टराई (केन्द्रीय सदस्य) सदस्य ९८५१०५६१२७
७. डिल्लिश्वर कार्की (रोहन) (केन्द्रीय सदस्य) सदस्य ९८२४३४८०६४














