काठमाडौं, २० वैशाख । काठमाडौंमा सशस्त्र प्रहरी बल नेपालका नवनियुक्त आईजीपी नारायणदत्त पौडेलले सोमबार दज्र्यानी चिन्ह -फुली) लगाउने भएका छन् ।
चार वर्षे कार्यकाल पूरा गरी राजु अर्याल अवकाशमा गएपछि सरकारले पौडेललाई नियुक्त गरेको हो । दुई दिन सार्वजनिक बिदाका कारण औपचारिक कार्यक्रम सोमबार राखिएको छ ।
गृहसचिव राजकुमार श्रेष्ठ ले पौडेललाई फुली लगाउने कार्यक्रम तय गरिएको छ ।














