काठमाडौं, २० वैशाख । काठमाडौं को अनामनगरस्थित साततले घरमा डोजर चलाइए पनि पूर्ण रूपमा नभत्काइ आंशिक रूपमा मात्र भत्काइएको छ ।
दुईवटा डोजर प्रयोग गरी घरको अगाडिको भाग र करिब पाँच तल्लासम्म क्षति पुर्याइएको हो । सरकारी जग्गा अतिक्रमण गरेको आरोपमा अग्रभाग भत्काइएको जनाइएको छ ।
बाँकी संरचना भत्काउनेबारे स्पष्ट निर्णय नभएको अवस्थामा घरधनीले लालपूर्जा, नक्सापास र अदालतको आदेश देखाउँदै विरोध जनाएका छन् ।














