काठमाडौं, २० वैशाख । काठमाडौंमा आज बस्ने राष्ट्रिय स्वतन्त्र पार्टी -रास्वपा)को सचिवालय बैठकमा स्थानीय तह उम्मेदवार छनोटको रूपरेखा, महाधिवेशन कार्यविधि र संसदीय दलको विधान संशोधनबारे छलफल हुने भएको छ ।
बिहान ११ बजे बनस्थलीस्थित केन्द्रीय कार्यालयमा हुने बैठकमा समसामयिक विषयमा पनि विचारविमर्श गरिनेछ। सभापति रवि लामिछानेले सबै सदस्यलाई अनिवार्य उपस्थित हुन निर्देशन दिएका छन् ।














