काठमाडौँ, १९ वैशाख । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आगामी सोमबार बस्ने भएको छ ।
कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालका अनुसार दिउँसो १ बजे बी.पी. स्मृति भवनमा बैठक बस्नेछ ।
बैठकमा समसामयिक राजनीति, संगठनात्मक गतिविधि र आगामी कार्यक्रमबारे छलफल हुने जनाइएको छ ।














