काठमाडौँ, १९ वैशाख। काठमाडौँमा अतिक्रमण हटाउने अभियानको दोस्रो चरण अन्तर्गत सरकारले आज बिहान बालाजु, माछापोखरी तथा स्वयम्भु आसपासका नदी किनार र अतिक्रमित जग्गामा बनेका घरटहरा हटाउन डोजर चलाएको छ।
यसअघि हिजो बल्खु, वंशीघाट र गोंगबु क्षेत्रमा पनि अभियान सञ्चालन गरिएको थियो।
सरकारले सार्वजनिक तथा नदी किनार क्षेत्र खाली गराउने उद्देश्यले अभियानलाई निरन्तरता दिएको जनाएको छ।














