काठमाडौँ, १९ वैशाख। काठमाडौँमा सुकुमबासी बस्ती तथा अतिक्रमित संरचना हटाउने सरकारी अभियानप्रति राष्ट्रिय प्रजातान्त्रिक पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले असन्तुष्टि जनाएका छन्।
उनले तयारीबिनै गरिएको कार्यले मन्दिर, विद्यालय र बुद्ध जयन्तीका दिन गुम्बा भत्काइएको भन्दै आलोचना गरेका छन्।
सामाजिक सञ्जालमार्फत उनले विकासका नाममा जनजीवन र धार्मिक आस्थामाथि आघात पुर्याउनु गलत भएको बताएका छन्।
लिङदेनले इतिहास, धर्म र परम्पराको संरक्षण गर्दै दिगो विकास अघि बढाउनुपर्ने धारणा राखेका छन्।














