काठमाडौं,१८ बैशाख । काठमाडौंको थापाथलीस्थित बागमती नदी किनारमा रहेको सुकुमवासी बस्ती हटाउने क्रममा एक महिला अचानक बेहोस भएकी छन् ।
घटनापछि प्रहरीले उनलाई तत्काल एम्बुलेन्समार्फत उपचारका लागि अस्पताल पठाएको जनाए । यद्यपि, ती महिलाको पहिचान र स्वास्थ्य अवस्थाबारे विस्तृत जानकारी सार्वजनिक गरिएको छैन ।
यसैबीच, बल्खु क्षेत्रमा खाली गरिएको सुकुमवासी बस्ती नजिकै बागमती खोलामा एक व्यक्तिको शव फेला परेको छ । बिहान आफ्नै घर भत्किएको दृश्य हेर्न नसकिने भन्दै घरबाट निस्किएका ती व्यक्ति दिउँसो मृत अवस्थामा भेटिएका हुन् । मृतक ६१ वर्षीय इन्द्रबहादुर राई रहेको उनकी श्रीमती सरिता राईले पुष्टि गरेकी छन् ।














