काठमाडौं, १८ वैशाख । नेकपा सहसंयोजक माधवकुमार नेपालले वर्तमान सरकारले जनताको संवैधानिक तथा मजदुर अधिकारमाथि हस्तक्षेप गर्न खोजेको आरोप लगाएका छन् ।
उनले सुकुमवासी समस्या समाधान बिना हटाउने प्रयास, ट्रेड युनियन अधिकारमा अङ्कुश र अध्यादेशमार्फत शासन गर्ने प्रवृत्तिप्रति आपत्ति बताए । उनले मजदुर आन्दोलनलाई सशक्त बनाउन आह्वान गर्दै सरकार नसच्यिए पुनः संघर्ष हुने चेतावनी दिए ।
साथै, नेपालको संवेदनशील भूराजनीतिक अवस्थालाई ध्यानमा राख्दै असंलग्न परराष्ट्र नीति आवश्यक रहेको र राष्ट्रिय स्वाभिमान जोगाउन सबै सचेत हुनुपर्ने बताए । बेरोजगारी र युवापलायनप्रति चिन्ता व्यक्त गर्दै उनले शिक्षालाई सीप र रोजगारीसँग जोड्नुपर्नेमा जोड दिए ।














