काठमाडौं, १८ वैशाख । सरकारले दोस्रो चरणअन्तर्गत काठमाडौँ उपत्यकाका बागमती तथा सहायक नदी किनारका सुकुमबासी बस्ती हटाउने अभियान सुरु गरेको छ ।
टेकु क्षेत्रमा डोजर चलाइएको छ र सुरक्षा व्यवस्था कडा बनाइएको छ । आश्रयस्थल नभएका वा स्वयं व्यवस्थापन गर्न नसक्ने परिवारलाई सुरक्षाकर्मीले होल्डिङ सेन्टरसम्म पु¥याउन सहयोग गरिरहेका छन् ।














