जनकपुर, १७ वैशाख। मधेशी आयोगले आयोजना गरेको “नैतिकवान मधेश र सशक्त नैतिक शिक्षा” कार्यक्रम अन्तर्गत “प्रशासनिक आचरण, उत्तरदायित्व र सुशासित-समृद्ध मधेश निर्माणमा सरोकारवालाहरूको भूमिका” विषयक कार्यक्रममा भाषालाई लिएर विवाद उत्पन्न भएको छ।
कार्यक्रममा मधेशी आयोगकी सदस्य आभा कुमारीले सुरुमा नेपाली भाषामा आफ्नो प्रस्तुति दिँदा केही सहभागीहरूले असहमति जनाएका थिए।
कार्यक्रममा सहभागी कुलदिप दासले मधेशी आयोगकै कार्यक्रम भएकाले मधेशको स्थानीय भाषा प्रयोग गर्नुपर्ने भन्दै गुनासो गरेका थिए।
सहभागीहरूको मागलाई सम्मान गर्दै सदस्य आभा कुमारीले त्यसपछि आफ्नो प्रस्तुति मैथिली भाषामा प्रस्तुत गरेकी थिइन्।
साथै, मधेश क्षेत्रमा हुने कार्यक्रमहरूमा स्थानीय भाषालाई प्राथमिकता दिनुपर्ने आवाज पनि उठेको छ।














