काठमाडौं १७ वैशाख । नेपाली कांग्रेसका नेता गगनकुमार थापाले १०० रुपैयाँभन्दा बढीको सामानमा भन्सार तिर्नुपर्ने सरकारी निर्णय अव्यवहारिक भएको बताएको छ ।
सर्लाहीको सीमावर्ती क्षेत्रको भ्रमणपछि सामाजिक सञ्जालमार्फत उनले यस्तो व्यवस्था कारण स्थानीय नागरिकको दैनिकी कष्टकर बनेको उल्लेख गरेका छन् ।
साना सामान ल्याउँदा पनि घण्टौँ सीमामा रोकिनुपर्ने अवस्था रहेको उनले बताए । थापाले उक्त नीति नागरिकमैत्री नभएको भन्दै यसले मधेशका सर्वसाधारण, विशेषगरी श्रमिक, महिला र किसानलाई असर पारेको बताएका छन् ।
उनले यस्तो निर्णय तत्काल फिर्ता लिन र सीमामा सहज आवतजावत सुनिश्चित गर्न सरकारसँग माग गरेका छन् ।














