काठमाडौं, १६ वैशाख । काठमाडौँ उपत्यकासहित देशका विभिन्न जिल्लामा हावाहुरीसहित वर्षा सुरु भएको छ ।
केही स्थानमा भारी वर्षा भइसकेको छ भने राति अझ बढ्ने सम्भावना रहेको छ ।
जल तथा मौसम विज्ञान विभागले सूचना जारी गर्दै सम्भावित जोखिमलाई ध्यानमा राखी आवश्यक सावधानी अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ ।














