काठमाडौं, १५ बैशाख । सरकारले पहुँचका आधारमा प्रयोग भइरहेका सरकारी सवारी साधनमाथि कडाइ गर्दै ६२२ वटा गाडी फिर्ता लिएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले कानुन विपरीत तल्लो तहका कर्मचारी र पदाधिकारीले समेत सवारी प्रयोग गरिरहेको भेटिएपछि यस्तो कदम चालिएको हो ।
अब कानुनले तोकेबाहेक कसैले पनि सरकारी सवारी एकल रूपमा प्रयोग गर्न नपाउने व्यवस्था गरिएको छ भने आवश्यक अवस्थामा मात्र सामूहिक प्रयोग गर्न पाइनेछ । सरकारले इन्धन, मर्मत तथा अन्य खर्च घटाउने उद्देश्यले यो निर्णय गरेको जनाए ।














