काठमाडौ, १५ बैसाख । काठमाडौमा शेखर गोल्छालाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन सर्वोच्च अदालतले केन्द्रीय अनुसन्धान ब्युरो -सीआईबी)लाई आदेश दिएको छ ।
उनकी पत्नी सीमा गोल्छाले दायर गरेको बन्दीप्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश नृपध्वज निरौलाको इजलासले पक्राउको कारणसहित लिखित जवाफ पनि मागेको हो ।
यसअघि काठमाडौं जिल्ला अदालतले अनुसन्धानका लागि तीन दिन हिरासतमा राख्न अनुमति दिएको थियो । नेपाल धितोपत्र बोर्ड सेबोन)को प्रारम्भिक प्रतिवेदनमा नाम मुछिएपछि सीआईबीले उनलाई नियन्त्रणमा लिएको जनाएको छ ।














