काठमाडौँ, १३ वैशाख । काठमाडौँ उपत्यकाका सुकुमवासी बस्तीमा डोजर चलिरहेको बेला प्रधानमन्त्री बालेन्द्र शाह -बालेन- ले मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।
बैठक आज दिउँसो ३ बजेका लागि तय गरिएको हो । शनिबारदेखि नदी किनारका अव्यवस्थित बस्ती हटाउने अभियान चलिरहेको अवस्थामा बैठक आकस्मिक रूपमा बोलाइएको हो ।
सरकारभित्रका केही मन्त्रीका अनुसार बैठकबारे जानकारी केही समयअघि मात्र दिइएको हो । यस बैठकबाट महत्त्वपूर्ण निर्णय हुन सक्ने अनुमान गरिएको छ ।














