काठमाडौँ, १३ वैशाख । काठमाडौँमा आयोजित कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी -राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले राप्रपा राजाको नभई राजसंस्था मान्नेहरूको पार्टी भएको बताएका छन् ।
उनले राजसंस्था कुनै पनि दलभन्दा माथि रहने धारणा राख्दै राप्रपालाई æराजाको पार्टीÆ भनेर प्रचार गर्नेहरू वास्तविक राजसंस्थावादी नभएको टिप्पणी गरे ।
लिङ्देनले निर्वाचनमा सहभागी हुनु गलत नभएको स्पष्ट पार्दै राप्रपा संसदमा रहेकै कारण राजसंस्थाको एजेण्डा उठिरहेको बताए।
साथै, पार्टीभित्रको अनुशासनहीन गतिविधिप्रति असन्तुष्टि जनाउँदै कारबाही प्रक्रिया सुरु गरिएको जानकारी पनि दिए ।














