काठमाडौँ, १२ वैशाख । काठमाडौँका पाँच स्थानबाट हटाइएका सुकुमवासीलाई नागार्जुनस्थित सरकारी अपार्टमेन्टमा राख्ने सरकारको तयारी गरिएको छ ।
नदी किनारका बस्ती हटाउने क्रममा थापाथली, गैरीगाउँ, शान्तिनगर, गोठाटार बुद्धचोक र मनोहरा टोल खाली गरिँदैछ । सम्पर्कमा आएका परिवारलाई दशरथ रंगशालामा लगेर विवरण संकलनपछि अस्थायी रूपमा होटलमा राखिनेछ ।
उनीहरूको पहिचान आइतबारदेखि सुरु भई वास्तविक सुकुमवासी ठहरिएका परिवारलाई दुई साताभित्र नागार्जुन–१ को सरकारी अपार्टमेन्टमा स्थानान्तरण गरिने योजना छ ।
हालसम्म थापाथलीबाट ६८ परिवार सम्पर्कमा आएका छन् भने अन्य स्थानबाट पनि आउने क्रम जारी छ ।














