काठमाडौँ, १२ वैशाख । काठमाडौँको थापाथलीस्थित बागमती नदी किनारको सुकुम्बासी बस्तीमा सरकारी अभियानअन्तर्गत डोजर चलाएर अनधिकृत संरचना हटाउन सुरु गरिएको छ ।
सम्भावित तनाव रोक्न ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएका छन् । यसपटक विगतभन्दा शान्त वातावरणमा काम भइरहेको छ भने नेपाल प्रहरी र नगर प्रहरीले बासिन्दाको सामान सुरक्षित स्थानमा सार्न सहयोग गरिरहेका छन् ।














