काठमाडौं, १२ वैशशाख । सशस्त्र प्रहरी बलका ६ जना एसएसपीलाई डीआईजी पदमा बढुवाका लागि सिफारिस गरिएको छ ।
बढुवा सिफारिस समितिले शुक्रबार निर्णय गर्दै दिग्विजय सुवेदीलाई पहिलो नम्बरमा राखेको छ ।
त्यसपछि क्रमशः किरण बस्नेत, माधव प्रसाद पौडेल, प्रवीण कँडेल, राजेश उप्रेती र नेत्रबहादुर कार्की सिफारिस सूचीमा छन् ।














