काठमाडौं, ११ वैशाख । नेपाल मेडिकल काउन्सिलले विदेशी नागरिकता लिएको पुष्टि भएपछि १७ जना चिकित्सकको दर्ता खारेज गरेको छ ।
काउन्सिलले सम्बन्धित कानुनअनुसार उनीहरूको नाम दर्ता किताबबाट हटाएको र निर्णय सूचना प्रकाशित भएकै मितिदेखि लागू भएको जनाएको छ ।
ती चिकित्सकहरूले बेलायत, अमेरिका, अष्ट्रेलिया, क्यानडा, हङकङ, पोर्चुगल र भारतको नागरिकता लिएका थिए ।
कानुनी व्यवस्थाअनुसार विदेशी नागरिकता लिएपछि नेपाली नागरिकका रूपमा गरिएको दर्ता स्वतः अवैध हुन्छ ।












