काठमाडौं, ११ वैशाख । काठमाडौंमा सुकुमवासीहरूले विरोध प्रदर्शन गर्ने भएपछि सत्तारुढ रास्वपा कार्यालयमा सुरक्षा कडा पारिएको छ ।
कार्यालय अगाडि नेपाल प्रहरी तैनाथ गरिएको छ । सरकारले बस्ती खाली गराउने तयारी थालेपछि थापाथली लगायतका क्षेत्रमा बसोबास गर्ने सुकुमवासीहरू विकल्पबिना हटाउन खोजिएको भन्दै शुक्रबारदेखि आन्दोलनमा उत्रिएका छन् ।












