महोत्तरी, ११ वैशाख । महोत्तरीमा राहदानी वितरणलाई सहज बनाउन जिल्ला प्रशासन कार्यालय र हुलाक कार्यालयबीच समझदारी भएको छ ।
अब सेवाग्राहीले राहदानीका लागि आवेदन दिँदा उल्लेख गरेको ठेगानामै हुलाकमार्फत सुरक्षित रूपमा राहदानी प्राप्त गर्नेछन् । नेपाल सरकारको १०० बुँदे शासकीय सुधार कार्यक्रमअन्तर्गत यो सेवा सुरु गरिएको हो ।
हुलाक कार्यालयले राहदानी ढुवानी, पहिचान पुष्टि गरी हस्तान्तरण तथा अभिलेख व्यवस्थापन गर्नेछ । यसअघि सेवाग्राही आफैं कार्यालय पुग्नुपर्ने बाध्यता हट्ने भएकाले समय, खर्च र झन्झट कम हुने अपेक्षा गरिएको छ, विशेषगरी ग्रामीण क्षेत्रका नागरिकलाई बढी लाभ पुग्नेछ । 












