काठमाडौं, १० वैशाख । काठमाडौंमा शेखर गोल्छा पक्राउ परेका छन् ।
नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष रहेका उनलाई केन्द्रीय अनुसन्धान ब्युरोले धितोपत्र सम्बन्धी ऐन, २०६३ उल्लंघन गरेको आरोपमा नक्सालबाट नियन्त्रणमा लिएको हो ।
जिल्ला अदालत काठमाडौंबाट अनुमति लिएर पक्राउ गरिएको गोल्छामाथि गैरकानूनी धितोपत्र कारोबारमा संलग्नता रहेको आरोप छ ।
यो प्रकरणमा दीपक भट्ट सँग सम्बन्धित अनुसन्धानका आधारमा उनीमाथि कारबाही अघि बढाइएको हो ।














