काठमाडौं, १० वैशाख । जनता समाजवादी पार्टी, नेपालले निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन रोक्ने सरकारी निर्णयप्रति आपत्ति जनाउँदै तुरुन्त फिर्ता लिन माग गरेको छ ।
पार्टी अध्यक्ष उपेन्द्र यादवले उक्त निर्णयले प्रेस स्वतन्त्रतामा आघात पुग्ने र स्वतन्त्र पत्रकारितालाई नियन्त्रण गर्ने प्रयास भएको बताएका छन् ।
जसपाले यस्तो कदमले निजी सञ्चारमाध्यम कमजोर भई पत्रकारहरूको रोजीरोटीमा असर पर्ने र प्रेस सेन्सरशिपको अवस्था सिर्जना हुन सक्ने चेतावनी दिएको छ ।














