काठमाडौं, ९ वैशाख । राष्ट्रपति रामचन्द्र पौडेल ले मन्त्रिपरिषद्को सिफारिसमा वैशाख १७ गते दिउँसो २ बजेका लागि संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गरेका छन् ।
यो अधिवेशन बजेट अधिवेशनका रूपमा रहनेछ, जहाँ सरकारले जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्नेछ । बजेटअघि प्रि–बजेट छलफल पनि हुने तय छ । 














