काठमाडौं, ८ वैशाख । गृहमन्त्री सुधन गुरुङको राजीनामा माग गर्दै सिंहदरबार परिसरमा विरोध प्रदर्शन गरेका चार जना युवालाई प्रहरीले नियन्त्रणमा लिएका छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईका अनुसार ती युवाहरूलाई सिंहदरबारभित्रैबाट पक्राउ गरिएको हो ।
उनीहरू प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयअगाडि पुगेर गृहमन्त्री गुरुङको राजीनामा माग गर्दै प्रदर्शन गरिरहेका थिए ।












