जनकपुर, ८ वैशाख । धनुषास्थित जिल्ला प्रहरी कार्यालयमा कार्यरत वरिष्ठ नायव निरीक्षक -सई) सागर शमशेर जबरालाई प्रहरी संगठनको छवि धुमिल बनाउने उद्देश्यले बनावटी अडियो तयार पारेको आरोपमा निलम्बन प्रक्रिया अघि बढाइएको छ ।
मधेस प्रदेश प्रहरी कार्यालय, जनकपुरका अनुसार उनले एक व्यवसायीलाई फोन गरी फेक अडियो तयार पारेर सञ्चारमाध्यममा प्रसारण गराएका थिए ।
प्रहरी आचरणविपरीत कार्य गरेको ठहर गर्दै प्रहरी नियमावली २०७१ अनुसार कारबाही प्रक्रिया सुरु गरिएको हो । 














