काठमाडौं, ७ वैशाख । अमेरिकी विदेश मन्त्रालयका दक्षिण तथा मध्य एशिया मामिला हेर्ने सहायक विदेशमन्त्री समीर पल कपुर तीन दिने भ्रमणका लागि काठमाडौं आइपुगेका छन्।
आज बिहान त्रिभुवन विमानस्थलमा अवतरण गरेका कपुरले नेपाल बसाइका क्रममा उच्चस्तरीय भेटघाट गर्ने कार्यक्रम रहेको छ।
भारतीय मूलका कपुर बालेन शाह नेतृत्वको नयाँ सरकारसँग सम्बन्ध विस्तार गर्ने उद्देश्यसहित आएका हुन्।
उनी नेपाल भ्रमणमा आउने बालेन नेतृत्वको सरकारपछिका सबैभन्दा वरिष्ठ विदेशी कूटनीतिज्ञ मानिएका छन्। कपुर बुधबार स्वदेश फर्किनेछन्।














