एजेन्सी । अमेरिका–इरानबीच हुन लागेको शान्ति वार्ताअघि पाकिस्तानको इस्लामावादमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले वार्ताकारहरू इस्लामावाद पुग्ने जानकारी दिएका छन् । शहरका मुख्य सडकहरू बन्द गरिएका छन् भने सवारी आवागमनमा प्रतिबन्ध लगाइएको छ ।
वार्ता हुने होटल वरिपरि सशस्त्र सुरक्षा, चेकपोइन्ट र कडा निगरानी बढाइएको छ ।














