बर्दिया, ६ वैशाख । बर्दियाको गुलरिया नगरपालिका–७ तुलापुरमा एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु भएको छ ।
कोहलपुरबाट राजापुरतर्फ जाँदै गरेको लुम्बिनी प्रदेश बा ०३०५ नम्बरको एम्बुलेन्सले ठक्कर दिँदा ५५ वर्षीय भूमि लामिछाने र उनका करिब ७ वर्षीय नाति रिहान्सको ज्यान गएको हो ।
दुर्घटनामा लामिछानेकी पत्नी सीता लामिछाने र स्थानीय सूर्य उपाध्याय घाइते भएका छन्, जसको नेपालगञ्जस्थित अस्पतालमा उपचार भइरहेको छ ।
तीव्र गतिका कारण योग शिविरतर्फ जाँदै गरेका उनीहरूलाई ठक्कर लागेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । घटनापछि एम्बुलेन्स र चालकलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ ।














