काठमाडौं, ४ वैशाख । अब्बास अराघचीले लेबनानमा जारी युद्धविराम अवधिभर होर्मुज जलघाँटी पूर्ण रूपमा खुला रहने घोषणा गरेका छन् ।
१० दिनसम्म सबै व्यावसायिक जहाजलाई आवतजावत अनुमति दिइने बताइएको छ । यस कदमले विश्वभर देखिएको इन्धन संकट कम हुने अपेक्षा गरिएको छ ।
यसअघि इरानले अमेरिका–इजरायल आक्रमणको जवाफमा केही समय उक्त जलमार्ग बन्द गरेको थियो। इरान–अमेरिकाबीच दुई हप्ते युद्धविराम अप्रिल २२ सम्म लागू रहनेछ ।














